निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्छ : सांसद रामहरि खतिवडा

Sharing is caring!

भदौ १९, २०८० । नेपाली काङ्ग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती ऐन ‘सिन्डिकेट’ का आधारमा नभइ कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबैजना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताए ।

उनले भने, धेरै वर्ष पछाडि निजामती ऐन आउँदैछ, तर यो सिन्डिकेटका आधारमा आउनु हुन्न कर्मचारीको पक्षमा हुनुपर्छ, हामी तपाईंहरूको पक्षमा लड्छौं भनेर हामी प्रतिबद्धता जनाउन चाहन्छु । कानून बनेका दिनदेखि लागू हुनेगरी ल्याउनु पर्छ । कर्मचारी ऐन सबैजना अटाउने र सबैलाई समेट्ने खालको हुनुपर्छ । त्यसमा राज्य व्यवस्था समितिको सभापतिको हैसियतमा सबैसँग समन्वय गरेर काम गर्ने छु । नेता खतिवडाले पार्टीमा एकले अर्कोलाई गाली गरेर पार्टी दरो नबन्ने भन्दै बाहिर पार्टीका नेताको आलोचना नगर्ने हो भने आधा समस्या समाधान हुने दाबी गरे ।

उनले भने, अब सरकारमा सुशासनका लागि ल्यारक्याल लामा जस्तालाई नियुक्ति गरेर होइन, अन्य कामबाट सुशासनको अनुभूति दिन सक्नुपर्छ । पार्टीमा एकले अर्कालाई गाली गरेर पार्टी दह्रो बन्दैन । आन्तरिक रुपमा पार्टीमा मनमुटावहरू छन् भने पार्टीभित्र नै त्यसको समाधान गर्ने गरांै तर जनताको बीचमा जाँदा एक भएर जाने हो भने सबै समस्या ठीक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *