कांग्रेसले सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेखे कारबाही गर्ने

Sharing is caring!

साउन ११, २०८० । बाहिर–बाहिर पदाधिकारीबाटै चर्को आलोचना। संसदीय दलको नेता फेर्नेदेखि विशेष महाधिवेशनको बहसले कांग्रेसको राजनीति निकै तरंगित थियो।

एक वर्षपछि बसेको केन्द्रीय समितिमा नेतृत्वको कडा आलोचना हुने ‘शंका’ पार्टी सभापति शेरबहादुर देउवालाई पनि थियो। तर, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएको बैठकमा भने त्यस्तो भएन। ‘धेरै आलोचना होला भन्ठान्याथेँ, कम भयो,’ बुधबार बैठकको समापनमा देउवाले ठट्टा गर्दै भने–साथीहरूलाई धन्यवाद।’ हुन पनि, जे अपेक्षा गरिएको थियो, आठ दिनसम्म चलेको बैठकमा भिन्न दृश्य देखा परे। सभापति देउवाको आलोचना गर्नेभन्दा उनको पक्षमा केन्द्रीय नेताहरू कस्सिएर बैठकमा प्रस्तुत भए।

सामाजिक सञ्जालमार्फत ‘महामन्त्री’हरू नेतृत्वविरुद्ध विषवमन गर्ने गरेको भन्दै देउवा पक्षीय नेताहरूले सामाजिक सञ्जालका गतिविधिमा ‘नियन्त्रण’ गर्नुपर्ने माग गरे। देउवाले पनि ‘सामाजिक सञ्जालमा पार्टीविरुद्ध नलेख्ने प्रस्ताव पारित’ भएको घोषणा बैठकमा गरे।

देउवा पक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँणको निलम्बनसम्बन्धी प्रस्ताव बैठकको एजेन्डा पनि बनेन्। संस्थापन इतर नेताहरूले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई निलम्बन गर्नुपर्ने माग गरेका थिए। बैठकमा निर्णयमा चित्त नबुझेको भन्दै महामन्त्री गगन थापाले ‘नोट अफ डिसेन्ट’ राखेका छन्। कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ। सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने पनि निर्णय कांग्रेसले गरेको छ। बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन, कोही निर्दोष नफसून् भन्ने नीति लिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा भने १५ बुँदे प्रस्ताव पारित गरेको छ। प्रवक्ता प्रकाशशरण महतले पार्टीले भ्रष्टाचारलाई जघन्य अपराधको रूपमा लिएको बताए। ‘आरोप लागेकालाई अदालतले छानबिन गर्छ’, महतले भने, ‘अभियोग लाग्दैमा दोषी भन्दै प्रमाणित हुँदैन।’यो खबर अन्न्पूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *