लामो दूरीका सार्वजनिक यातायातमा दुईजना चालक अनिवार्य

Sharing is caring!

साउन २९, २०७६ । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुईजना चालक नराखे  गाडी व्यवसायी, मालिक वा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै दुईजना चालक अनिवार्य हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस दुर्घटना बढेपछि विभागले कडाइ गर्न लागेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा उल्लेख भए अनुसार लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुईजना चालक अनिवार्य राखी प्रत्येक ६-६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *