नेपाल र भारतबीच विन-विनको अवस्था बनाएर बढ्नुपर्छ: भारतीय राजदूत पुरी

Sharing is caring!

साउन २९, २०७६ । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल र भारतबीच विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरु भइरहेको बताएका छन् । दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै उनले भने,‘अब सिधै मोतिहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ, हामी परिणाम हासिल गर्दैछौं ।’ वीराटनगर चेकप्वाइन्ट सुचारु हुनगइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको बताए । उनले भने,‘गेम चेन्जर आयोजनाहरु सफल बनाउँदैछौं ।’ दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको बताए ।

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर बढिरहेकोमा खुशी व्यक्त गरे । भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै त्यो नेपालका लागि लाभदायक हुने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जीत हासिल गरेर सँसारको ठूलो लोकतन्त्रमा दोस्रोपटकको चुनावमा झन् ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतीय जनताले सबल र बलियो सरकार निर्माणको म्याण्डेट दिएको बताए । भारतको कुल ग्राहस्थ उत्पादन पाँच हजार अरब पुगेको भन्दै मोदी कार्यकालमा झण्डै दोब्बर प्रगति भएको उल्लेख गरे । मोदी प्रधानमन्त्री भएपछि चारपटक नेपाल भ्रमण गरेको र गत वर्ष दुईपटक भ्रमण गरेको भन्दै त्यसले दुई देशको सम्बन्ध सुमधुर भएको बताए । मोदीको भ्रमणले धार्मिकस्थलहरुमा भारतीय पर्यटक बढेको बताए ।

भारतले आतंकवादलाई परास्त गरी विकासको मार्गलाई फराकिलो बनाएको बताए । आतंकवादविरुद्धको लडाईंमा भारत सफल भएबाट ठूलो आर्थिक फड्को मारेको बताए । भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको बताए ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उल्लेख गरे । वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै जयप्रकाशनारायण र राममनोहर लोहियालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताए । जयप्रकाशनारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिंदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास सुनाए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालले भारतको आर्थिक विकासबाट लाभ लिनसक्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा नेपालले अभूतपूर्व प्रगति गर्न सक्ने अवसर बनेको बताए । मोदी नेपाललाई निकै माया गर्ने नेता भएको र छिमेकमा शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित भएकाले नेपाललाई अवसर प्राप्त भएको बताए । धमलाले भारतको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा बधाई शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *