चियापान कार्यक्रमले राजनीतिक तिक्तता हट्दैन : सभापति लामिछाने

Sharing is caring!

कात्तिक १५, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्नु झूट भएको बताएका छन् ।

आज नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको भन्दै त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्ने बताए ।

उनले भने, ‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झूट बोलेको हुन्छ । त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्छ । राजनीतिक तिक्तताको मुद्दा छुट्याउनु पर्छ । अनि बैठक बस्नु पर्छ । यसका लागि रास्वपा सधैँ नै तयार छ ।’

उनले भने, ‘यो बीचमा भएका कमी कमजोरीहरुलाई कमसेकम सूचिगत गरेर यो ३–४ वर्ष तपाईहरु हामीलाई प्रतिपक्षमा छोडेर काम गर्नुस् भनेर मैले मुलुकको अवस्थाप्रति चिन्ता प्रकट गरेर सद्भावपूर्ण रुपमा भनेको हो । आम जनताको जीवनमा एक किसिमको तनाव देखिएको छ । त्यसलाई राष्ट्रिय रुपमा सम्बोधन गर्नका लागि सबै दलहरु मिलेर लागौं । हामी त नयाँ आएका हौं हामी प्रतिपक्ष सम्हाल्छौ भनेर भनेका छौ ।’

उनले सबै दलहरुको लक्ष्य एउटै भए पनि बाटोहरु फरक भएको हुनाले केही समस्याहरु आउनु स्वाभाविक भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *