गठबन्धनको छायाँले कांग्रेसको मौलिकता ग्रसित : नेता कोइराला

Sharing is caring!

फागुन ६, २०८०। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासमिति बैठकमा निकै अन्तर भएको बताएका हुन् ।

उनले भने, ‘कतै नेपाली कांग्रेसले आफ्नो मौलिकता गुमाएको त होइन भन्ने मलाई लागिरहेको छ । जननायक वीपी कोइराला, सुशील जी, गणेशमान जी हरुले स्थापित गर्नुभएको पार्टीको एउटा मौलिकता दिनुभएको थियो । त्यो गठबन्धनको छायाँले ग्रसित भएका हौं कि भन्ने चिन्ता लागेको छ ।’

नेता कोइरालाले महासमिति सदस्यहरूलाई बैठकमा आफ्ना विचार तथा सुझावहरु स्पष्ट तरिकाले राख्न समेत आग्रह गरे ।

नेपाली कांग्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको भन्दै नेता कोइरालाले पार्टीमा आँच आउन दिन नहुने बताए ।

उनले भने, ‘के हामी सँधै कम्युनिष्टहरूको पछि लागेर हिड्ने हो? हामीहरु एक्लै चुनाव लड्ने हो भनेर नेता कार्यकर्ताहरु सोध्नुहुन्छ । हामी तीनै तहको सरकारमा बहुमतसहित सरकारमा छौं । तर, बहुमत घट्दै गइरहेको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *