मन्त्रिपरिषद्को निर्णय : इजरायलमा रहेका नागरिक लिन परराष्ट्रमन्त्री साउदलाई पठाइने

Sharing is caring!

असोज २४, २०८० । इजरायल द्वन्द्वमा फसेका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आज राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई लिन पठाउने निर्णय गरेको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

कानुनमन्त्री धनराज गुरुङले निणर्य सुनाउँदै भने, ‘नेपाल आउन चाहने नेपालीहरुलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्री इजरायल जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको छ ।’

आज राति इजरायलमा रहेका नेपाली नागरिकको उद्धारका लागि २५० सिट क्षमताको वाइड बडी जहाज उनीहरुलाई लिन जान लागेको छ । सरकारले इजरायलमा रहेका कोही व्यवसायिक रुपमा जहाज चढेर आउन चाहे टिकट भाडा पनि सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *