रौतहटबाट डा.सिके राउत पक्राउ

Sharing is caring!

असोज २१, २०७५ । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा.सिके राउत रौतहटबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट आगाडीबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत रौतहटमा नियमित पेशीबाट फर्किँदै गर्दा उनी पक्राउ परेका हुन् ।

अदालतमा डा.राउतसँग करिब सय जना समर्थक समेत थिए ।

राउतलाई राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले बताइएको छ । उनलाई यसअघि पनि प्रहरीले पटक पटक नियन्त्रणमा लिएर छोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *