आजबाट नयाँ नोट वितरण शुरु

Sharing is caring!

असोज २१, २०७५ ।  नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै आजदेखि असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिइएको छ । ‘सर्वसाधारण नेपालीले नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट साट्न सक्नेछन् ।’

यस्तै, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिनेछ । वाणिज्य बैंकले सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, न्युरोड, बालाजु, सानोठिमी, विशाल बजार, गौशाला, कोटेश्वर, रामशाह पथ, रत्नपार्क र मंगलबजार नक्सालगायतका स्थानबाट नायँ नोट सटही सुविधा उपलब्ध गराएको छ ।   यसबाहेक संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्थालगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रका आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको थियो । यसपटक पनि त्यसरी नै नोट साट्ने प्रक्रिया अघि बढाइएको छ । सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक नोटका सय वटाको प्याकेट मात्र साटिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *