रेशम चौधरीले लिए सांसदको सपथ

Sharing is caring!

पुस १९, २०७५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरी सांसदको सपथ लिएका छन्।

बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

थारु भाषामा पद तथा गोपनियताको सपथ लिएका चौधरीलाई सपथपछि सभामुख महराले  फूलमाया लगाइदिए ।  संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिएका थिए । सपथ लगत्तै चौधरीलाई  राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिएका थिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । घटनापछि फरार रहेका चौधरीले  सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए । चौधरी सांसदमा निर्वाचित भएपछि गएको फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *