लगानी सुरक्षा राज्यको दायित्व हो : सभापति लामिछाने

Sharing is caring!

असोज २५, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगानीको सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले, आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नु पर्ने अवस्था आउनु दुखद भएको उनको उनको भनाई छ ।

‘भोली तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन् । कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस । देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस् । ’ उनले सहि नियत नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ ।

उल्टो धारो बग्नु हुँदैन विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *