राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकता

Sharing is caring!


साउन ३०, २०७८ । राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भएको छ । एकतासँगै नयाँ पार्टीको नाम राष्ट्रिय मुक्ति आन्दोलन नेपाल राखिएको छ ।

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टीबीच एकता घोषणा गरिएको छ । राष्ट्रिय मुक्ति आन्दोलन नेपालको स्थापना दिवसको अवसर पारेर पार्टी एकता घोषणा गरिएको पार्टीका कार्यकारी सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले भने,‘आज ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गरिएको हो । राष्ट्रिय मुक्ति आन्दोलन आज १३ वर्ष पुरा भई १४औं वर्षमा प्रवेश गरेको छ, यो अवसरमा हामीले एकता घोषणा गरेका छौं । अब यसलाई आफ्नो उद्देश्यअनुसार अघि बढाउँछौं ।’

उनले आफूहरु पार्टीका अभिभावक तथा संस्थापक नेता डा. जयन्तविक्रम शाहको मार्ग निर्देशनअनुसार अघि बढ्ने पनि विश्वास दिलाए । उनले पार्टीले एमसीसीको विरुद्धमा सशक्त रुपमा आवाज उठाउने पनि जानकारी दिए । त्यस्तै, नेपालवाद, नेपाली जनता र नेपाल राष्ट्रवादलाई स्थापित् र विकार गरेर लैजाने पनि उनले सुनाए ।

त्यस्तै, कार्यक्रममा पार्टीका संस्थापक नेता तथा अधिदलपति डा.जयवन्तविक्रम शाहले पार्टी निर्माणदेखि यहाँसम्मको संघर्ष र उपलब्धिबारे प्रकाश पारेका थिए । उनले भने,‘हामी कुनैपनि विदेशीको नक्कल नगरी नेपाल राष्ट्रवादको रुपमा विकास गरेर जानुपर्छ, खासगरी अब जनताबाट निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको सिद्धान्तमा अघि बढ्नुपर्छ ।’

उनले संसद्बाट मन्त्री नभएर विज्ञबाट मन्त्री बनाउनुपर्ने पनि कुरा राखे । उनले भने,‘सांसदहरुलाई पावरफुल बनाउनुहुँदैन् । संसदीय फोहोरी खेल अन्त्य गर्नुपर्छ ।’ कार्यक्रममा उपस्थित् पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई प्रतिबद्धता र प्रतिज्ञा गराईएको थियो ।

डा. जितेन्द्र घिमिरेले आफ्नो पार्टीले देश र जनताको लागि काम गर्ने विश्वास दिलाए । उनले भने,‘ढिलै भएपनि हामी जनताको हितमा काम गर्छौं । सानो पार्टीले समयमा काम गर्नेछ ।’ रणनीतिक तथा सचिवालय समितिमा ३१ जना सदस्य रहेको र पार्टीको हाई कमाण्डमा ६ जना रहेको पनि उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *