राप्रपाले ३३ प्रतिशत महिला संख्या सुनिश्चित गर्ने

Sharing is caring!

असार २८, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताएका छन् ।

राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० सार्वजनिक गर्दै उनले राप्रपाले ६ महिनाभित्र तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० अन्तरगत राप्रपाले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने भएको छ । ’

यस्तै उनले पार्टीमा युवाहरुको सहभागितामा कमि आएको भन्दै सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने निर्णय पनि गरेको बताए । उनले भने, पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने भएको छ । केन्द्रीय कार्य समितिमा ४० तथा कार्यसम्पादन समितिमा ७ जना युवाहरुलाई विभिन्न प्रवृत्तिबाट अनिवार्य रुपमा प्रतिनिधित्व गराउने व्यवस्था मिलाएका छौ ।

उनले राप्रपामा अब काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको भन्दै तोकिएको जिम्मेवारीमा नजाने नेता पदको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था गरेको बताए । उनले ९ सय जना नेताहरुलाई एकैसाथ संगठन विस्तारका लागि भूगोलको जिम्मेवारी प्रदान गर्नुको साथै कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि ७ वटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाउने बताए ।

अध्यक्ष लिङ्देनले २ वर्षमा सक्रिय सदस्यको संख्या २ लाख पु¥याउने लक्ष्यका साथ अगाडि बढ्ने भन्दै विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक क्रियाकलापमा बढि संलग्न गराउने बताए । उनले भने, ‘यी सबै कार्यबाट २ वर्षमा सक्रिय सदस्यको संख्या २ लाख पु¥याउने लक्ष्य राखिएको छ ।

विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक क्रियाकलापमा बढि संलग्न गराइने छ । शिक्षालाई रोजगारमुखि, वैज्ञानिक, गुणस्तरयुक्त बनाउनको लागि हाम्रो पक्षको विद्यार्थी संगठन क्रियाशिल हुनेछ । र विश्व विद्यालयभित्र राजनीति कम शैक्षिक क्रियाकलापमा बढि संलग्ने हुने व्यवस्था गर्ने छौ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *