काभ्रेमा अत्याधुनिक चलचित्र स्टुडियो बन्ने

Sharing is caring!

असार २८, २०८० । सरकारले काभ्रेको बाहुनडाँडामा अत्याधुनिक चलचित्र स्टुडियो बनाउन अनुमति दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीपरिषद्का विभिन्न तीनवटा बैठकको निर्णय सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा अत्याधुनिक चलचित्र छायाँकन स्टुडियो निमार्ण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिइन् ।

उनले भनिन् ‘काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तरगत रहेको बाहुनडाँडा सामुदायीक वनको कूल २.५ हेक्टर जग्गा प्रयोग गर्न स्विकृत दिने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *