‘मिस नेपाल पिस २०२४’ को घोषणा

Sharing is caring!

फागुन १०, २०८० । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनोट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवी धमलाले बताए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।

छनोट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *