आमा बन्दै दीपिका पादुकोण

Sharing is caring!

फागुन १७, २०८०। बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन् । उनले आगामी सेप्टेम्बरमा पहिलो सन्तानलाई जन्म दिँदै छिन् । दीपिकाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । यो खबर सार्वजनिक भएसँगै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिकाका फ्यानहरु खुशी भएका छन् ।


गत दुई महिना यता दीपिका गर्भवती रहेको चर्चा बाहिर आइरहेको थियो । रणवीर र दीपिकाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् । तर, उनले सामाजिक सञ्जालमा आफू आमा बन्न लागेको खबर सार्वजनिक गर्नासाथ चर्चा सत्य पुष्टि भएको छ ।
दीपिकाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा डेलिभिरी डेटसहित जानकारी दिएकी छन् ।


‘बेबी सेप्टेम्बर २०२४’ उनले लेखेकी छन् । यो पोस्ट आएसँगै कमेन्टको बाढी लागेको छ । बलिउडका सेलिब्रेटीहरुले बधाई दिइरहेका छन् ।


हालै सम्पन्न बाफ्टा अवार्डमा सहभागी भएपछि दीपिकाको एक भिडियो इन्स्टाग्राममा सार्वजनिक भएको थियो । भिडियोमा उनको बेबी बम्प स्पष्ट देखिन्थ्यो । यो भिडियोसँगै उनी गर्भवती भएको चर्चा बलिउडमा थियो । दीपिका र रणवीरले सन् २०१८ का नोभेम्बर १४ मा विवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *