कोशी सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

Sharing is caring!

फागुन १०, २०८० । पहिचानवादी संगठनका प्रतिनिधि र कोशी प्रदेश सरकारको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ । विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो ।

सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो ।

प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन पहल गर्ने सहमति भएको छ ।

वार्ताका क्रममा सरकारका तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा ३ र ४ कार्यान्वयन प्रक्रिया अघि बढेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

ती विषयप्रति दुवै पक्षबाट सकारात्मक गरी फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्वन्धमा अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेश गर्ने सहमति पनि भएको छ ।

यसका लागि सरकारी पक्षवाट २ जना र आन्दोलनरत पक्षवाट २ जना रहने गरी कार्यदल गठन गर्ने सहमति भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *