दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन (भिडियोसहित)

Sharing is caring!

चैत १,२०७५ ।  दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै नयाँ प्रस्तुति रहेको राईको भनाई छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच क्लबका सभापति ऋषि धमलाले उक्त एल्बमको विमोचन गरेका हुन् । एल्बम विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायामा ओतप्रोत रहेको रचनाकार राईको भनाई छ ।

‘बिदेश जाने रहर कसलाई हुन्छ र? बाध्यताले हो देश छोड्ने’ बोलको उक्त गीतमा राईको एकल शब्द रचना रहेको छ । चन्द्रकान्त पौडेलको स्वर तथा संगित रहेको यो गितलाई विकास दाहालले सम्पादन गरेका छन । कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको जोडदार अभिनय रहेको म्युजिक भिडियोलाई चन्दु गोर्खालीले एरेन्ज गरेका हुन ।

प्रकाश धितालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले निकैनै सुन्दर तरिकाले क्यामरामा कैद गरेका छन । गीतको बिक्रि–बितरणबाट संकलन हुने ५० प्रतिशत रकम मृगौला रोगबाट पीडितहरुको सेवामा समर्पित गर्ने कार्यक्रममा घोषणा गरिएको थियो ।

लोकार्पण कार्यक्रममा बोल्दै पत्रकार धमलाले गीतले बिदेशिएका नेपालीहरुको पीडामात्र नबोकेर नेपाल र आफ्नो जन्मभुमिप्रतिको मायालाई पनि दर्साएको स्पष्ट पारे । उनले भने,‘गीत–संगीत आजको दिनमा अक्सिजन हो । यसले मानव जीवनमा अक्सिजनकोजस्तै काम गरिरहेको छ।’

गित–संगित सबैको रगतमा बगिरहेको स्मरण गराउँदै उनले विदेसिने नेपालीहरुले बेला–बेलामा पीडा बिसाउनको लागि संगितको माध्यमबाट आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने गरेको पनि स्पष्ट पारे ।

परदेशिएका लाखौं नेपालीको पीडामा उक्त एल्बमा समाहित गीतले मलम बनेर काम गर्ने पनि धमलाको विश्वास छ । उनले थपे,‘यो गीतले रकम अभावमा उपचार गर्न नपाईरहेका मृगौला पीडितहरुको उपचारमा पनि सहयोग गर्दा गीतले सफलता पाउनेमा म पूर्ण रुपमा आशावादी छु ।’

विगत ६ वर्षदेखि प्रवासमा रहेर नेपाली गीत–संगितको जगेर्नामा लागेकी दिव्या राईले जहाँ पुगेपनि आफ्नो देशको मायाले नछोड्ने सुनाईन् । सपनामा पनि आफ्नै गाँउ–आँगनमा खेलिरहेको देख्ने नेपालीहरुको लागि बिदेशिनु रहर नभई बाध्यता भएको पनि बताईन् ।

कार्यक्रममा गायक तथा संगीतकार चन्द्रकान्त पौडेलले संगीतको उद्गमस्थल नै नेपाल रहेको बताए । उनले आज विमोचन गरिएको उक्त गीतको माध्यमबाट परदेशीहरुको पीडालाई देखाउन खोजिएको सुनाए ।

उनले ऋषि धमला आफ्नो आर्दश पत्रकार भएको टिप्पणी गरे । उनले भने,‘मैले त दाईलाई हेरेर पत्रकारिता सिकेको हुँ, आज दाईसँगै एउटै क्षेत्रमा काम गर्न पाएको छु, यो मेरो लागि खुशीको कुरा हो ।’ उनले गीतकी रचायिता राईले पनि पत्रकार धमलाकै हातबाट उक्त गीत विमोचन गर्न चाहेको सुनाए ।

लोकार्पण गरिएको गीतको म्युजिक–भिडियो चन्द्रकान्त पौडेलको युट्युब–च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *