लम्पी स्किन रोग नियन्त्रणमा सक्दो प्रयास भइरहेको छ : मन्त्री भुसाल

Sharing is caring!

असार २८, २०८० । कृषि तथा पशुपन्छि विकास मन्त्री वेदुराम भुसालले पुश चौपायमा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् ।

विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै उनले लम्पी स्किन रोगको नियन्त्रणका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सबै प्रयास गरेको बताए । ‘लम्पी स्किन रोगको लागि सरकारले मन्त्रालयबाट सम्भव भएसम्मका सम्पुर्ण प्रयास गरिएको छ । साढे दुई महिना अगाडिदेखि उपचार तथा नियन्त्रणको प्रयास भईरहेको छ । नियन्त्रणको लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने कार्य भएको छ । यो भ्याक्सिन हाम्रो देशमा बन्दैन् । ’
लम्पी स्किन हाल देशका सबै जिल्लामा देखा परेको जानकारी दिदैँ मन्त्री भुसालले, आजसम्म ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएको जानकारी दिए ।

‘अहिले गाई भैंसिलाई लाग्ने रोग लम्पी स्किन रोग व्यापकरुपमा फैलिएको छ । यो रोग नयाँ प्रकारको सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा यो रोग देखा परेको छ ।’

उनले भने ‘हालसम्म ७ लाख ८२ हजार १ ८४ पशु संक्रमति भएका छन् । संक्रमति मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमित अवस्थामा छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *