चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ हुने

Sharing is caring!

साउन ३१, २०८० । लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज पहिलो साता फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महाप्रबनधक हरि कार्कीले बुधबार चितवनमा पत्रकारहरु संग कुराकानी गर्दै अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए ।

अवार्डको कार्यक्रममा २४ बिधामा कलाकारहरुलाई सम्मान गर्ने जानकारी कार्कीले दिए । । उनले भने,असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौ । मिति कलाकारहरु संग वसेर तय गर्ने छौ छिट्टै मिति घोषणा हुन्छ ।चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको छ ।

बिभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रण दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रमहरु अघि वढि रहेको कार्कीले जानकारी दिए । उनले भने “अहिले नोमिनेसको काम तीब्र वनाएका छौं, चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिनेछ । ’

बि सं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रबर्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *