दुई गाउँपालिकाद्वरा तेक्वान्दो पदक विजेता खेलाडीलाई सम्मान

Sharing is caring!

साउन ३१, २०८० । रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाले सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा विजयी रामेछापका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

भारतको हैदराबादमा सम्पन्न सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा खाँडादेवी गाउँपालिकाका स्वर्ण पदक विजेता निर्मल लामा, सुनापतिकी स्वर्ण विजेता विनीता थापा मगर, रजत विजेता रोशन घिसिङ,अनिल खड्का र शाहिद दोङलाई गाउँपालिकाले बुधबार स्वागत तथा सम्मान गरेको हो ।

भारतको हैदराबादमा सम्पन्न सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा खाँडादेवी गाउँपालिकाका निर्मल लामाले स्पाइरिङ तर्फ ५५–६० केजी तौल समूहको खेलमा स्वर्ण जितेका छन् । महिलातर्फ सुनापति गाउँपालिकाकी विनिता थापा मगरले स्पाइरिङ तर्फ ४५–५० केजी तौल समूह स्वर्ण जितिन ।

प्रतियोगितामा खाँडादेवीका रोशन घिसिङ स्पाइरिङ तर्फ ५०–५५ केजी तौल समूहमा रजत पदक जितेका थिए । यस्तै, सुनापतिका अनिल खड्काले स्पाइरिङ तर्फ ६०–६५ केजी तौल समूहमा र साहिल दोङले रजत पदक जितेका थिए ।
प्रतियोगितामा विजयी रामेछापका खेलाडी तथा प्रशिक्षकलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता पुष्करकुमार कार्की, नेपाल खेलकुद महासंघ रामेछापका अध्यक्ष तेज घिसिङ, स्थानीय लगायतले खेलाडीलाई स्वागत र सम्मान गरेका थिए ।

साथै सुनापति गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाई, प्रमुख प्रशासकीय अधिकृत लगायतले सम्मान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *