पेट्रोलिय पदार्थ मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टीको विरोध प्रदर्शन

Sharing is caring!

साउन ३१, २०८० । क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको टेकु स्थित नेपाल आयल निगमको कार्यलय अगाडि उक्त विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा पार्टीको केन्द्रीय आयोजक कमिटी सचिवालय सदस्य हरिकृष्ण गजुरेलले सरकार र आयल निगमले मूल्य वृद्धि गरेर समग्र आम जनतालाई मारमा पारेको भन्दै जसरी हुन्छ मूल्य वृद्धि फिर्ता गर्न माग गरे । उनले यदि सरकार र आयल निगम जवाफदेही हुँदैन् भने आफुहरु जस्तो सुकै संघर्षका कार्यक्रम अगाडि बढाउँन पछि नहट्ने चेतावनी दिए ।

उनले भने, सरकार र आयल निगमले मूल्य वृद्धि गरेर जनताको गाँससँग यातायातसँग जोडिएको यस्तो विषयको मूल्य वृद्धि हुँदा स्वतःसबैमा वृद्धि हुन्छ । र समग्र रुपले आम जनतालाई असर पर्छ त्यसैले फिर्ता गर्नुपर्छ यो जनतालाई सह्य छैन् । यदि सरकार र निगम जवाफदेही हुँदैन् भने । जस्तो सुकै संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने छौं ।

प्रदर्शनमा सहभागीहरुले नेपाली जनतालाई ढाड सेक्नेगरी गरेको सो मूल्य वृद्धि नेपाली जनताले स्वीकार्य नहुने भन्दै सरकारले लुटेने काम मात्र गरीरहेको भन्दै आक्रोस् पाखे ।

स्वचालित मुल्य प्रणाली अन्र्तगत नेपाल आयल निगमको मगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ तथा पेट्रोलमा ५ रुपैैयाँका दरले मूल्य वृद्धि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *