गीत ‘बाटो भुलेर’ सार्वजनिक

Sharing is caring!

जेठ ३२, २०७७ । संसारभर रहेका नेपाली दाजुभाइ तथा दिदि-बहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत ‘बाटो भुलेर’ आज सार्वजनिक भएको छ ।

अर्बाजो आर्टसको प्रस्तुती रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ ।

पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकी विरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ ।

गीत हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *