स्वर सम्राट नारायण गोपालको ‘केही मिठो बात गर’ म्युजिक भिडियो सार्वजनिक

Sharing is caring!

असार २८, २०८० । नेपाली सांगीतिक क्षेत्रका अमर नक्षत्र एवं स्वर सम्राट स्व.नारायण गोपाल श्रेष्ठका स्वरमा रहेको ‘केही मिठो बात गर’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आज काठमाडौंमा नारायण गोपाल फाउन्डेसनले एक कार्यक्रम आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरेको हो । म्युजिक भिडियो सार्वजनिक गर्दै नारायण गोपाल संगित कोषका अध्यक्ष दपिक केसीले स्व.नारायण गोपाल श्रेष्ठको गीतलाई संरक्षण गर्ने काम गरिरहेको बताएका छन् ।

उनले भने ‘ हाम्रो कोषले उहाँको गीतहरुलाई संरक्षण गर्ने कामहरु गरिरहको छ । भाईवहिनीहरुलाई प्रोत्साहन गर्न सकियो भने गीत संगीतको क्षेत्रलाई अगाडि लान सकिन्छ भन्ने उहाँको सपना पूरा गर्न हामीले काठमाडौं महानगरपालिकासंग मिलेर भवन बनाईरहेका छौं । जहाँ गीत भोकल संगै क्लासिकल गीतहरु सिकाईरहेका छौं ।

सुब्रत आचार्यको निदेशनमा बनेको उक्त म्युजिक भिडियोमा केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ ।

म्युजिक भिडियो :


Leave a Reply

Your email address will not be published. Required fields are marked *