मेलम्चीमा निषेधाज्ञा !

Sharing is caring!

भदौ २१, २०७६ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदारले बीचमै काम छाडेर भाग्दा आफ्नो लगानी डुबेको भन्दै स्थानीय ठेकेदार र ब्यापारी ब्यवसायीले लगानी सुरक्षाको ग्यारेन्टी माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आयोजना पीडित स्थानीय ठेकेदार र व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि बिहिवार मेलम्ची खानेपानी आयोजना क्षेत्रमा ढुंगामुढाको अवस्था सिर्जना भयो । बिहिबार प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

बिहिबार दिनभर तनावग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र, सुरुङ र आसपासका क्षेत्रमा हुलदंगा र अशान्ति पैmलन सक्ने संभावना आंकलन गर्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार निषेधाज्ञा जारी गरेको छ । मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सिमसीबाट पीडित स्थानीय ठेकेदारहरु डुबेको रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएपछि शुत्रबार दिउँसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।

मुहान क्षेत्र अम्बाथान, सुरुङमार्ग जाने बाटो र आयोजनाको साईट कार्यलय आसपासमा हुलदंगा र अशान्ति पैदा गर्ने उदेश्यले पाँचजना भन्दा बढि मानिस भेला नहुन जिल्ला प्रशासनले आदेश जारी गरेको हो ।

मेलम्ची आयोजना क्षेत्रमा निषेधाज्ञा जारी भइरहँदा विभागीय मन्त्री बीना मगर जिल्ला सदरमुकाम चौतारास्थित एक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । मेलम्ची आयोजनामा बिकसित घटना प्रकरणबारे बोल्दै मन्त्री मगरले स्थानीय ठेकेदारका माग जायज भएको र त्यस्को सामुहिक रुपमा बिकल्प खाजी गर्ने जानकारी दिनुभयो ।

‘आर्थिक संकटका कारण सिएमसी काम छाडेर भाग्यो, स्थानीयले सिएमसीलाई बिश्वास गर्दा धोका पाउनुभयो’, मन्त्री मगरले भन्नुभयो,‘सरकार स्थानीय ठेकेदारकै पक्षमा बिकल्प खोज्दैछ, सरकारलाई बिपक्षीका रुपमा नलिनुहोला ।’विधिसम्मत निकाशका लागि सरकार बिकल्प खोजीरहेको भन्दै कुनैपनि बाहनामा मेलम्ची आयोजनामा अवरोध हुन नहुने उहाँले बताउनुभयो । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *