बुद्ध एयरले एटीआर–७२ विमान थप्दै, जुनको दोस्रो साता काठमाडौं आउने

Sharing is caring!

वैशाख १२, २०७५ । निजी क्षेत्रको सबैभन्दा ठूलो विमानसेवा प्रदायक कम्पनी बुद्ध एयरले ७२ सीट क्षमताको थप एटीआर–७२ विमान ल्याउने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको बुद्ध एयरले जानकारी दिएको छ ।

नाइन एन–एएमयू कलसाइन रहेको नयाँ विमान आएपछि कम्पनीसँग ११ ओटा विमान हुनेछन् । आवश्यक तयारीपछि बुद्ध एयरले एटीआर विमानबाट परीक्षण उडान गर्ने बताएको छ ।

अहिले बुद्ध एयरसँग ७२ सीट क्षमताका छओटा एटीआर ७२–५००, ४२ सीट क्षमताका तीनओटा एटीआर ४२–३२० र १८ सीट क्षमताका दुईओटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।

एटीआरका अन्य विमानजस्तै फराकिला सीट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुने यो विमान वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले निकै किफायती मानिन्छ । नयाँ विमान आइसकेपछि अन्य विमानको नियमित मर्मतसम्भार तथा उडान परिचालन गर्न निकै सहज हुने कम्पनीले जानकारी दिएको छ ।

बुद्ध एयरले प्रदेश–२ को राजविराज विमानस्थलको स्तरोन्नति लगभग पूरा हुन लागेको जानकारी दिँदै त्यहाँ विमानलाई तेल भर्ने व्यवस्थाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । यो खबर आजको  आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *