मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंक

Sharing is caring!

बैशाख १६, २०७६ । एनआईसी एशिया बैंक २८१ शाखा ,२८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न पुगेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख श्री अमित के.सीज्यूबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख श्री राजेश रावलज्यूबाट आज एक भव्य समारोहका बिच उद्घाटन भयो ।

यस बैंकका करिब १६ लाख ग्राहकहरू रहेका छन्। साथै यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *