शेयर कारोबारमा दोहोरो अङ्कले गिरावट

Sharing is caring!

असोज १४, २०७५ । यस साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।

नेप्सेमा १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ ।

आज कूल १६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर रु ५८ करोड २२ लाख ५० हजार ८२८ मूल्यमा खरिद बिक्री भएका छन् ।  व्यापार समूह १.८६ बिन्दुले बढ्दा बैंकिङ समूह ९.१८, होटल समूह ३५.२२, विकास बैंक समूह २२.३६, जलविद्युत् समूह १.१३, फाइनान्स समूह ३.४६, निर्जीवन समूह ५८.२८, उत्पादन समूह ३५.२६,अन्य ५.०६, माइक्रोफाइनान्स समूह १५.७ र जीवन बीमा समूह १९.०१ बिन्दुले घटेको छ । आज व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *