महिला विश्वकप : इङ्ल्यान्ड र स्पेनबीच फाइनल खेल हुँदै

Sharing is caring!

भदौ ३, २०८० । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिंदैछ । इङ्ल्यान्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिष्पर्धा गरेसँगै प्रतियोगिता सकिने छ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् ।

घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।

तेस्रो स्थानका लागि शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे । तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच भएको खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् ।

यससँगै दुवै टिमबाट थप गोल नहुँदा स्वीडेनले दोस्रोपटक विश्वकपमा तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।
२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *