आइसिसी विश्वकप : उपाधि जित्न अस्ट्रलियालाई भारतको २ सय ४१ रनको लक्ष्य

Sharing is caring!

मंसिर ३, २०८० । घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को उपाधि जित्न अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको हो । भारतका केएल राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए भने विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनको योगदान दिएपनि अन्य कुनैपनी ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन ।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए । स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऐर ४ रनमा पेभिलियन फर्किए । प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट हुदाँ सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कले ३ विकेट, जोश हेजलवुडले २ तथा कप्तान प्याट कमिन्सले २ विकेट लिए । त्यस्तै एडम जाम्पाले र ग्लेन म्याक्सवेल १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *