अष्ट्रेलियालाई आइसिसी विश्वकप २०२३ को उपाधि

Sharing is caring!

मंसिर ३, २०८० । ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि छैटौं पटक जितेको छ ।

फाइनलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि चुमेको हो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारतको भने २०११ पछी उपाधी जित्ने सपना पुन अधुरै रह्यो ।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे । टोलिलाई दुई रन चाहिदा हेड आउट भएका थिए । ग्लेन म्याक्सवेलले विजयी २ रन जोडे ।

त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । भारतका लागी विकेटकिपर केएल राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए ।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।
अष्ट्रेलियालाई च्याम्पियन बनाउन तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए भने ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए ।

भारतले लिगमा सबै खेल जितेको थियो । लिगमा अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *