हङकङसँग नेपालको लज्जास्पद हार

Sharing is caring!

कात्तिक ३०, २०८० । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपालले घरेलु टोली हङकङसँग लज्जास्पद हार व्यहोरेको छ ।

बिहीबार सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको लजास्पद हार ब्यहोरेको हो ।
नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ । पछिल्लो जितले हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ ।
नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो । ओपनर माइल्सले ४ चौको मदतले अविजित ३० रनको शानदार इनिङ्स खेलेकी थिईन् ।
हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिईन् । उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिईन् ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने थियो । पछिल्लो हारले नेपाल सिरिजबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *