भ्रष्टाचार र बेथितिविरुद्ध सरकार कठोर : प्रधामन्त्री दाहाल

Sharing is caring!

साउन १०, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली संघ इटालीद्वारा रोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कठोर कदम चालेको बताएका हुन् ।

सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्दै नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्रीले बताए छन् । सरकारले विदेशमा श्रमका लागि आएका नेपालीहरूको हक, हित र संरक्षणका लागि समाजिक सुरक्षा कोषमा जोडि रहेको जनाउँदैे त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने उनले दाबी गरे ।

‘सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ,’ प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै सचिवालयले भनेको छ,‘सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।’

जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहज बनाएको बताउँदै प्रधानमन्त्री दाहाल वर्तमान सरकार जनताको हितमा काम गर्न दत्तचित्त रहेको पनि जनाए । भ्रष्टाचार र अनियमिताको विरुद्ध सरकार खरोरुपमा उत्रिएको जनाउँदै उनले भने,‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो ।’

प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।र, राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रमको सुरुवात भएको पनि दाहालले दाबी गरे ।
‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो,’ दाहाललाई उद्धृत गर्दै सचिवालयले जनाएको छ,‘यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन,देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *