आजदेखि न्यूरोडमा पार्किङ निषेध

Sharing is caring!

माघ ९, २०८० । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने निर्णय गरेको छ । महानगरले त्यसको विकल्पमा पूरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरेको जनाएको छ ।

सो टावरमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । महानगरपालिकाले यसअघि न्यूरोडका सडकमा खुला पार्किङ गर्ने र त्यसकालागि निजी कम्पनीहरुलाई टेण्डर दिने गरेको थियो ।

महानगर प्रहरीका वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाई गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ।’

उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *