बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

Sharing is caring!

भदौ १५, २०८० । बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्धन्द्धी उमेश पियाले १४ मत पाए ।

शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए । मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले काठमाडौं जिल्ला क्रिकेट संघमा प्रवेश गर्दै प्रदेशको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । उनको प्रतिद्धन्द्धी उमेश पिया चितवन जिल्ला क्रिकेट संघमा पदाधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *