बजेट बुधबार दिउँसो ४ बजे

Sharing is caring!

जेठ १४, २०७६ । आर्थिक वर्ष २०७६-७७ को बजेट बुधबार दिउँसो ४ बजे संसद्मा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को बजेट १५ जेठको अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने जानकारी गराएका हुन् ।

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्नसमेत सभामुख महराले आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *