कर नबढाउन राजपाको निर्देशन

Sharing is caring!

भदौ १२, २०७५ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखलाई कुनै पनि बहानामा कर नबढाउन निर्देशन दिएको छ ।

राजपाको केन्द्रीय कार्यालय अनामनगरमा सोमबार सुरु भएको स्थानीय तहका प्रमुखसँगको छलफलमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताले सर्वसाधारणलाई समस्या हुने गरी कुनै किसिमको कर नलगाउन र नबढाउन निर्देशन दिएका हुन् ।
पार्टीले प्रमुख/उपप्रमुखलाई नयाँ कर नथप्न र पुरानै करलाई ग्राहयता दिनसमेत निर्देशन दिएको छ । छलफलक्रममा राजपाका प्रमुख र उपप्रमुखले आफूहरूले अहिलेसम्म कुनै किसिमको कर वृद्धि नगरेको जानकारी शीर्ष नेतालाई गराएका छन् ।
बैठकमा शीर्ष नेताले आफ्नो पार्टीबाट निर्वाचित प्रमुख/उपप्रमुखलाई सहिद परिवारका एक जनालाई अनिवार्य रूपमा रोजगारी दिनसमेत निर्देशन दिएका छन् । ‘पार्टीले आआफ्ना स्थानीय तहमा सहिद परिवार भए उनीहरूको परिवारका एक/एक जनालाई अनिवार्य रोजगारी दिन निर्देशन दिएको छ,’ ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *