बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो

Sharing is caring!

असोज १७, २०७५ । १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ ।

धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखि पठाइएको छ ।

जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ तर, जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ अञ्चल अस्पतालका चिकित्सकद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिन समेत ढिलाइ गरेको प्रहरी स्रोतले बतायो ९ भदौमा परीक्षण गरेका चिकित्सकले एघार दिनपछि २० भदौमा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन दिएका थिए ।

यो प्रतिवेदनप्रति अविश्वास गर्दै घटना भएको १६ दिनपछि पुनः स्वास्थ्य परीक्षण गरिएको थियो डा.सिंहले गरेको स्वास्थ्य परीक्षणमा बलात्कृत भएको उल्लेख छ दुवै स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको उचाई र तौल समेत फरक फरक उल्लेख छ ।

अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.कुलदिप पण्डितले स्वास्थ्य परीक्षण गर्दा जे पाइयो त्यहीं प्रतिवेदन दिएको बताए चिकित्सकको प्रतिवेदन फरक फरक पर्दा कसलाई विश्वानीय मान्ने प्रहरी समेत अन्यौलमा परेको थियो ।

अनुसन्धान कार्य नै प्रभावित हुने गरी प्रतिवेदन आएपछि धनुषा प्रहरीले अञ्चल अस्पतालका चिकित्सकले अनुसन्धान कार्यलाई प्रभावित हुनेगरी रिपोर्ट दिएको भनी जिल्ला प्रहरी कार्यालयले धनुषाले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले घटनाबारे जानकारी नभएको बताए कुन अवस्थामा कसरी स्वास्थ्य परीक्षण गरिएको थियो सोही अनुरुप प्रतिवेदनमा फरक पर्ने संभावना रहने उनले बताए ।

मुलुकी अपराध संहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) ऐन, २०७४ अनुसार स्वास्थ्य परीक्षण गर्दा झुट्टा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्य भन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिनु हुँदैन गलत प्रतिवेदन दिने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *