पथलैया–वीरगन्ज ६ लेन सडक अलपत्र

Sharing is caring!

असोज १७, २०७५ । तोकिएकै मितिमा पथलैया–वीरगन्ज औद्योगिक करिडोर ६ लेन सडक नबन्ने पक्क भएको छ । ब्यापारिक मार्गमा सहभागी निर्माण कम्पनी पप्पु कन्ट्रक्सन बेपत्ता हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न नहुने भएको हो ।

योजनाको ठूलो जिम्मेवारी पाएको पप्पु कन्ट्रक्सनले योजनालाई नै बेवास्ता गरी बेपत्ता बनेपछि तोकिएकै समयमा निर्माण सम्पन्न नहुने निश्चित बनेको छ । ब्यापारिक मार्गको ड्राइपोर्ट सडक खण्डको परबानीपुरदेखि ड्राइपोर्टसम्म २ खण्ड पप्पु कन्ट्रक्सनले निर्माण जिम्मेवारी पाएको परियोजनाले जनाएको छ । २ खण्डमध्ये करिब ८ किमि सडक पप्पु कन्ट्रक्सनले निर्माण जिम्मेवारी पाएको छ । सडक निर्माणको जिम्मेवारी पाएको पप्पु कन्ट्रक्सन यतिबेला निर्माणस्थलबाटै बेपत्ता बनेको छ । परियोजनाले पटकपटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि योजनाको एउटा खण्डको निर्माण प्रभावित बन्न पुगेको छ ।
योजना सुरु हँुदाका बखत केही काम गरे पनि पछिल्लो समय कुनै काम नगरेको बताउँछन् ब्यापारिक मार्ग परियोजनाका प्रवक्ता सौम्या आनन्द । उनी भन्छन्, “कामै नगरी पप्पु कन्ट्रक्सन बेपत्ता छ ।” काम ओगटने तर काम नगर्ने चरित्र पप्पु कन्ट्रक्सनले देखाएपछि उसकै कारण योजनाको ६ लेन सडक पुस मसान्तभित्र सक्नुपर्ने काम नसकिने भएको हो ।
“ब्यापारिक मार्गको परियोजनाअन्तर्गत ४ निर्माण कम्पनीमध्ये २ निर्माण कम्पनीले काममा हात नै हालेका छैनन्,” आनन्द भन्छन्, “अर्को कम्पनी युनाइटेड बिल्डर्सले समेत काममा हात नहालेपछि हाम्रो समय सीमाभित्र निर्माण सम्पन्न गर्न नसक्ने भयांै, समय थप नगरी विकल्पै छैन ।”
परियोजनाको म्याद ६ महिना थप हुने निश्चित बनेको छ । काम नगरेकाको हकमा कारबाही गरेर म्याद थप गरिने समेत आनन्दले बताइन् । काम गरेका केही निर्माण कम्पनीकै कारण व्यापारिक मार्ग विस्तार योजना पथलैया–वीरगन्ज ६ लेन सडक पथलैयादेखि जितपुर र नितनपुरका केही भागमा मात्र काम भएको देखिन्छ ।
सडक विस्तारका लागि ३० महिनाको समयसीमा तोके पनि जितपुरको घनाबस्ती, आरक्षको वन, ससना बजार, मुआब्जा वितरण र ठेकेदारको लापरबाहीका कारण सडक निर्माणको काम ६ महिना बढि ढिलो हुने पथलैया–वीरगन्ज व्यापारिक मार्ग विस्तार योजना पथलैयाले जनाएको छ । तीन अर्ब २७ करोडको लागतमा पथलैया–वीरगन्ज २७ किमि सडक निर्माण थालिएको यो योजना प्रतिकम्पनी झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्र्ने गरी जिम्मा दिइएको थियो
सडक विभागले पथलैयादेखि वीरगञ्जसम्म सडक निर्माणका लागि ६ भागमा विभाजन गरी छुट्टाछुट्टै ४ वटा कम्पनीलाई जिम्मा दिएको छ । व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरूले समयमै काम नगर्दा यो अवस्था आएको हो । हाल निर्माणकार्यको जिम्मा पाएका केही कम्पनीले काम गरे पनि अन्य कम्पनीले काममा ढिलाइ गरेका कारण र योजनाले समयमा साइट खाली गराउन नसकेका कारण समयमै काम पूरा हुन नसकेको व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ ।
लगभग ४० प्रतिशत काममात्रै सम्पन्न भएको जीतपुर बजार र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने ११ सय मिटर वन क्षेत्र खाली गराउन नसक्दा पनि काम प्रभावित भएको कार्यालयका इन्जिनियर शौम्या आनन्दले जानकारी दिइन् । उनले पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने ११ सय मिटर रुख कटान गर्नका लागि ईआईए रिपोर्ट असोज महिनाभित्रै आउने बताउँदै जीतपुर बजार क्षेत्रअन्तर्गत सडकमा पर्ने संरचना हटाउन सकारात्मक पहल भएको बताइन । सडक निर्माणको समयसीमा समाप्त हुन अब ३ महिनामात्र बाँकी छ । यो खबर आजको कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *