फोरमको मन्त्रीको नाम टुङ्गो लागेन

Sharing is caring!

जेठ १७, २०७५ । दुईवटा मन्त्रालय पाएको संघीय समाजवादी फोरमको मन्त्रीको नाम टुङ्गो लागन सकेन् ।

मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको विषय टुङ्गो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । आज पनि अनौपचारिक तवरका छलफल भए पनि अझैसम्म टुङ्गो लागेको छैन ।

पार्टी अध्यक्षले थप परामर्श गरेर चाँडोभन्दा चाँडो मन्त्रीको नाम टुङ्ग्याउने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

“मन्त्रालय टुङ्गिए पनि मन्त्रीको नाम टुङ्गो लागेको छैन, अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर नाम तय गर्नुहुनेछ, त्यो जिम्मेवारी पार्टीले उहाँ (अध्यक्ष) लाई नै दिएको छ”, उहाँले भन्नुभयो ।

दुई बुँदे सम्झौता गर्दै फोरम वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने फोरमले केहीदिनअघि निर्णय गरेको थियो । उसले शहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ ।

यसैबीच समाजवादी फोरमले बजेटको समीक्षा गर्दै बजेट समग्रमा सकारात्मक भनेको छ ।

फोरमको कार्यसम्पादन समिति र सांसदसहितको बैठकले बजेटबारे छलफल गर्दै यस्तो धारणा बनाएको हो । फोरमको अर्थ, अनुसन्धान तथा योजना विभागले बजेट समीक्षा कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *