निरन्तर ओरालो लाग्दै शेयर बजार

Sharing is caring!

जेठ १७, २०७५ । निरन्तर ओरालो लाग्दै शेयर बजार आज दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक १४.६१ विन्दुले ओरालो लागेर एक हजार ३०७ विन्दुमा आइपुगेको छ । ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ विन्दुले घटेर २७५.२८ विन्दुमा पुगेको छ । आज कूल १६५ कम्पनीको सात लाख आठ हजार १४७ कित्ता शेयर रु ३४ करोड ५९ लाख १४ हजार ५०५ मूल्यमा खरीद बिक्री भएका थिए ।

स्टकका अनुसार आज व्यापार समूहको मात्रै शेयर उकालो लागेको छ । सो समूहको शेयर २.९६ विन्दुले उकालो लाग्दा बैंकिङ १२.३४, होटल २२.३१, विकास बैंक १२.४७, जलविद्युत् १७.३६, फाइनान्स ०.३, बीमा ११५.७२, उत्पादन २५.२, अन्य ४.६१ र माइक्रोफाइनान्स १७.५७ विन्दुले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *