प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

Sharing is caring!

भदौ १, २०७५ ।  नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय चालेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको हो ।

खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्रहादुर सिंह विकले बुबालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदन गत आइतवार दर्ता थिए ।

आइतबार दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई आदेश दिएको थियो ।

करोडौं चन्दा उठाएको अभियोगमा साउन २२ गते मंगलबार साँझ दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *