जब सांसद यादवले रोष्टमबाट ‘ललिपप’ निकालेर देखाए

Sharing is caring!

माघ २९, २०७५ । सत्तारूढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले मंगलबार संसदको रोष्टमबाट बोल्दै गर्दा कोटको खल्तीबाट ‘ललिपप’ निकालेर देखाएका छन् ।

मंगलबार संसदमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७५’माथि छलफलका क्रममा सांसद प्रदीप यादवले बैठकमै ललिपप देखाएका हुन् । उनले विधेयक संघीयता खत्तम पार्न ल्याएको भन्दै आपत्ति जनाए । मुख्यमन्त्रीहरुले पटक-पटक प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि संविधान विपरित विधेयक आएको उनले बताए ।

सांसद यादवले प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएर ललिपप दिने कुरा गरेको बताए ।

‘मैले आफ्नो प्रदेश २ का मुख्यमन्त्रीसँग कुरा गरे । उहाँले भन्नुभएको छ कि हामी बच्चा छैन । प्रधानमन्त्रीले जुन ललिपप दिनु भएको छ, त्यो ललिपपले हामी मान्दैन । त्यसैले प्रधानमन्त्रीको ललिपप प्रदीपजी तपाँइ लिएर जानुस् र सभामुख महोदय मार्फत् ललिपप फिर्ता गरिदनुस्’,भन्दै यादवले खल्तीबाट ललिपप निकाले अनि भने, ‘यो चकलेट उहिँ खानुस्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *