राष्ट्रपति पौडेललाई एमालेको प्रश्न : संसदको महासचिवमा चलखेल किन ?

Sharing is caring!

माघ २२, २०८० । एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्ताधारी गठबन्धनको अकमण्र्यताका कारण वर्तमान व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारबाटै व्यवस्थामाथि आक्रमण प्रयास भइरहेको भन्दै रोष प्रकट गरे । सांसद दाहालले संसदको महासचिव नियुक्तिका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको समेत आरोप लगाए । महासचिव नियुक्तिको विषय राष्ट्रपतिको कार्यालयमा पुगेर रोकिएको छ । उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘अधिवेशन सुरु भइसक्दा समेत कार्यवाहक महासचिवबाट काम चलाउनुपर्ने स्थिति कसरी सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? राष्ट्रपतिज्यु तपाईको अध्ययन चिन्तन बढी भएन र ? संसदको महासचिवमा तपाईको चलखेल किन ?’

राष्ट्रपति सम्मानित पद भएका कारण यसको गरिमालाई कायम राख्न समेत सांसद दाहालले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *