संसदीय समिति सभापतिको निर्वाचन भदौ १७ मा

Sharing is caring!

भदौ १, २०७५ । भदौ १, २०७५ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन भदौ १७ गते आइतबारका लागि सारिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ मा हुने जानकारी दिनुभयो ।

बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको समेत जानकारी गराउनुभयो । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फछ्र्याैट विधेयक २०७५ सदनसमक्ष पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक  भदौ ४ गते दिनको १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *