‘प्रकाण्ड’लाई रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ

Sharing is caring!

भदौ १, २०७५ ।  सर्वोच्च अदालतले नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । केही महिना अघि काभ्रेको एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई फेरि पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले जानकारी दिए ।

यस अघि खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र बहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको थियो ।

विभिन्न स्थानबाट चन्दा असुलीको आरोपमा प्रकाण्डलाई नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *