पुस मसान्तभित्र महाधिवेशन गर्ने तयारीमा नेविसंघ

Sharing is caring!

मंसिर १०, २०७५ । नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशन आगामी पुस अन्तिम साता गर्ने तयारी गरेको छ । अध्यक्ष नैनसिंह महरले कार्यतालिकाका विषयमा आन्तरिक छलफल चलिरहेको र सोमबार नै सार्वजनिक गर्ने तयारीमा आफूहरू लागिरहेको बताए । ‘पार्टीले महाधिवेशन गर्न दिएको समय २ माघसम्म मात्रै रहेकाले पुसको अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने आन्तरिक गृहकार्यमा हामी लागिरहेका छौँ,’ महरले नयाँ पत्रिकासँग भने, ‘सोमबार औपचारिक रूपमै कार्यतालिका सार्वजनिक गर्ने तयारीमा हामी छौँ ।

हिमालका १९ जिल्लामा मंसिर मसान्तसम्म जिल्ला अधिवेशन सकिसक्ने र पहाड र तराईका जिल्लामा पुसको पहिलो साता अधिवेशन सक्ने योजना हाम्रो छ ।’ पार्टीले विधान पारित गरेर नदिएकाले महाधिवेशन गर्न नसकिएको भन्दै तर्कंदै आएको नेविसंघको नेतृत्व ७ मंसिरमा पार्टीले विधान दिएपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने गृहकार्यमा जुटेको हो ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *