इन्धनको मूल्य छठसम्म नबढ्ने

Sharing is caring!

कात्तिक १३, २०७५ । सरकारले इन्धनको मूल्य छठसम्म यथावत राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपनि चाडबाडमा उपभोक्तालाई सहुलियतका लागि मूल्य नबढाउने निर्णय गरेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मूल्य थावत राख्ने निर्णय भएको बताए । ‘भारतीय आयल निगम(आइओस)ले उपलब्ध गराएको मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ८.५०, डिजेलमा ९.३२ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४.७३ रुपैया घाटा छ,’ उनले भने, ‘तर, चाडबाडमा सुलभ दरमा उपलब्ध गराउन मूल्य यथावत राख्ने निर्णय गरेका छौं ।’ आइओसीले उपलब्ध गराएको मूल्य अनुसार आयल निगमको मासिक घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्य पेट्रोलियम निर्यातक राष्ट्र(ओपेक) निर्धारण गर्छ । कार्टेलिङका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ घटबढ हुन्छ ।

निगम अत्याधिक घाटामा गएपछि सरकारले २०७१ असोजमा स्वाचालित मूल्य लागू गरेको थियो । स्वाचालित मूल्य अनुसार आइओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ । दुई दिनपश्चात आइओसीले पुनः नयाँ मूल्यसूची उपलब्ध गराउँछ । तर, तिहार र छठ मुखमै आइसकेकाले मूल्य अथावत राख्ने निर्णय भएको ढकालले बताए ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *