प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार,सभापति देउवाले गरे स्वास्थ्य लाभको कामना

Sharing is caring!

कात्तिक १२, २०७५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्  ।

प्रधानमन्त्रीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा कम भएपछि अस्पताल पुर्याइएका ओलीलाई भेट्न देउवा पुगेका हुन्।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाललगायत मन्त्री तथा नेताहरु अस्पताल पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

प्रधानमन्त्री ओली सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भईरहेको अस्पतालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *