पुलिसले ११ वर्षीयाको बिहे ३० वर्षीयसँग गराइदिए

Sharing is caring!

वैशाख १५, २०७५ । ११ वर्षीया बालिकाको विवाह आफ्नो ३० वर्षीया भाइसँग गराउँदै गर्दा  प्रहरी जवान पक्राउ परेका छन् । पर्साकाे  वीरगन्ज–२७ मा  प्रहरी जवान वुलेट यादवले आफ्ना भाइहरु  ३० वर्षीय परिमनप्रसाद यादव र ३२ वर्षीय सुरेशप्रसाद यादवको विवाह क्रमश : ११ र १२ वर्षीया नाबालिकासँग गराउँदै गर्दा  पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

बालविवाह नगर्न सम्झाउँदा उल्टै प्रहरीसँगै विवाद गरेपछि  वुलेटलाई नियन्त्रणमा लिएको उनले बताए । उपरीक्षक रेग्मीले  प्रहरी जवान  वुलेटलाई बालविवाह  उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए । बालविवाह गराउने केटा पक्ष र बालिका पक्षका अभिभावक भने फरार रहेको प्रहरीले जनाएका छन् । यो खबर आजको अन्न्पूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *